‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ योजनाका पहिलो चरणका विजेता सार्वजनिक

‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ योजनाका पहिलो चरणका विजेता सार्वजनिक

काठमाडौं : सिजी ब्रान्डले आईसीसी टी-२० पुरुष विश्वकप लक्षित ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ उपहार योजनाका पहिलो चरणका विजेता सार्वजनिक गरेको छ।

डिजिटल गोलाप्रथाबाट काभ्रेका केदार भुजेल र झापाका चन्द्र श्रेष्ठ भाग्यशाली विजेता छनोट भएका छन्।

पुरस्कार स्वरूप उनीहरूले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज (हवाई टिकट, होटेल र सिटी टुर) सहित वानखेडे स्टेडियममै पुगेर नेपालको खेल हेर्ने टिकट प्राप्त गरेका छन्।

भुजेलले सिजीको वासिङ मेसिन र श्रेष्ठले माइक्रोवेभ ओभन खरिद गरी योजनामा सहभागी भएका थिए।

यो योजना अझै जारी रहेको र सिजीका उत्पादन खरिद गरी ३१००३ मा एसएमएस पठाएर अन्य ग्राहकले पनि सहभागिता जनाउन सक्ने कम्पनीले जानकारी दिएको छ।

पुष २६, २०८२ शनिबार ११:०५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।