कांग्रेस संस्थापनले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक, प्रदेश सभापतिहरूलाई पनि निम्तो

कांग्रेस संस्थापनले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक, प्रदेश सभापतिहरूलाई पनि निम्तो
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन (सानेपा) मा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि बोलाइएको छ।

बैठकमा भृकुटीमण्डपमा हुन लागेको विशेष महाधिवेशन लगायत कांग्रेसको आन्तरिक राजनीतिबारे छलफल हुनेछ।

पुष २६, २०८२ शनिबार ०८:१८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।