कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित

कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित

काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आजका लागि आयोजना गरेको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भएको छ।

पार्टीभित्र विशेष महाधिवेशनको विषयलाई लिएर पक्ष र विपक्षमा बहस चर्किरहेका बेला कार्यवाहक सभापति खड्काले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन राखेका थिए।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसअघि सञ्चारमाध्यमलाई पत्रकार सम्मेलनबारे जानकारी गराए पनि पछि अर्को सूचना जारी गर्दै स्थगित भएको बताएका हुन्।

उक्त पत्रकार सम्मेलनमा इतर समूहका नेता डा. शेखर कोइरालाको समेत उपस्थिति रहने चर्चा चलेको थियो। यद्यपि, एक्कासी कार्यक्रम स्थगित हुनुको कारण भने खुल्न सकेको छैन।

यसअघि बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको प्रक्रिया तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो।

पुष २५, २०८२ शुक्रबार १२:१३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।