२१ सयले बढ्यो सुन, सस्तियो चाँदी

२१ सयले बढ्यो सुन, सस्तियो चाँदी

काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले बढेको हो।

महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तोकेको छ।

यसअघि बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च विन्दु २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो।

सुनको भाउ बढ्दा चाँदीको मूल्य भने घटेको छ। शुक्रबार चाँदी तोलामा ५५ रुपैयाँले सस्तिएको हो।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

यसअघि पुस २३ गते चाँदीको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँ पुगेको थियो।

पुष २५, २०८२ शुक्रबार ११:११:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।