एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा खतिवडा नियुक्त
काठमाडौं। एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले उनलाई ४ वर्षका लागि सञ्चालक पदमा नियुक्त गरेको हो।
वित्तीय क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका खतिवडा चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) र चार्टर्ड इकोनोमिष्ट (सीएचई) हुन्।
उनले यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य र लगानी बोर्ड नेपाल लगायतका विभिन्न निकायमा उच्च तहको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। उनी पूर्वाधार विकास, परियोजना व्यवस्थापन, ऊर्जा नियमन र सार्वजनिक निजी साझेदारी क्षेत्रको विज्ञका रूपमा चिनिन्छन्।
पुष २१, २०८२ सोमबार १९:२५:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।