म्याक्सस ईभीको मूल्य समायोजन, अब कुन गाडीको कति?

म्याक्सस ईभीको मूल्य समायोजन, अब कुन गाडीको कति?

काठमाडौं : म्याक्सस ईभीको नेपालका लागि आधिकारिक वितरक हिमालय मोटोर्क्स प्रालिले आफ्ना तीनवटा प्रिमियम विद्युतीय सवारी साधनको मूल्य समायोजन गरेको छ।

कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार ‘म्याक्सस ई-टेरोन ९ लक्जरी’ को मूल्य १ करोड १० लाख रुपैयाँ तोकिएको छ भने ‘ई-टेरोन ९ प्रिमियम’को मूल्य १ करोड १८ लाख रुपैयाँ कायम भएको छ।

त्यस्तै, प्रिमियम विद्युतीय एमपीभी ‘म्याक्सस मिफा ७’को मूल्य १ करोड २४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले म्याक्ससले काठमाडौंसहित पोखरा, विराटनगर र बिर्तामोडमा आधिकारिक डिलर सञ्जाल विस्तार गरेको छ। कम्पनीले बुटवल, नारायणघाट र नेपालगन्जमा पनि छिट्टै नयाँ डिलरसिप सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

सर्भिस सेन्टरतर्फ काठमाडौं उपत्यकाभित्र स्वयम्भू र धोबीघाटमा सेवा उपलब्ध छ भने उपत्यकाबाहिर पोखरा, विराटनगर र बिर्तामोडमा म्याक्ससका सर्भिस सेन्टरहरू सञ्चालनमा आएका छन्।

‘म्याक्सस ई-टेरोन ९’ इलेक्ट्रिक पिकअप सेग्मेन्टमा शक्तिशाली प्रदर्शनका लागि चिनिन्छ। यसमा १०२ किलोवाट आवरको ब्याट्री र ३२५ किलोवाटको डुअल मोटर सिस्टम जडान गरिएको छ, जसले ७०० एनएम टर्क उत्पादन गर्छ।

यसले एक पटकको फुल चार्जमा ५६० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। अफ-रोड र खराब सडकमा आरामदायी यात्राका लागि यसमा ‘एडजस्टेबल राइड हाइट’ सहितको इन्डिपेन्डेन्ट एयर सस्पेन्सनको सुविधा समेत रहेको छ।

पुष २१, २०८२ सोमबार १४:३३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।