प्राइम टाइल्सको ‘अन ह्वील्स एक्सपेरियन्स सेन्टर’सुरु भयो, डिलरहरूको आँगनमै नयाँ डिजाइन
काठमाडौँ : नेपालको प्रिमियम टाइल्स ब्रान्ड प्राइम टाइल्सले आफ्ना आधिकारिक डिलरहरूसम्म प्रत्यक्ष पहुँच पुर्याऊ दुईवटा ‘एक्सपेरियन्स सेन्टर अन ह्वील्स’ को सुरुवात गरेको छ।
देशभर छरिएका डिलर, ग्राहक, आर्किटेक्ट र निर्माण क्षेत्रमा संलग्न कारिगरहरूलाई ब्रान्डको पछिल्लो उत्पादन र गुणस्तरबारे प्रत्यक्ष जानकारी दिने उद्देश्यले यो ‘चल्ती एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ।
यस अभियानका लागि कम्पनीले दुईवटा विशेष ब्रान्डेड ट्रकहरू तयार गरेको छ। यी ट्रकहरूले देशका विभिन्न भू-भागमा रहेका प्राइम टाइल्सका डिलरहरूको परिसरमै पुगेर सेवा दिने कम्पनीले जानकारी दिएको छ।
त्यसमा प्राइम टाइल्सका नयाँ र आधुनिक डिजाइनहरू प्रत्यक्ष हेर्न सकिने, टाइल्सको गुणस्तर, विशेषता र प्रविधिबारे विस्तृत जानकारी लिन सकिने र डिलर र ग्राहकहरूले आफ्नै स्थानमा बसेर अन्तर्राष्ट्रिय स्तरको सोरुमको अनुभूति गर्न पाउने कम्पनीले बताएको छ।
प्राइम टाइल्सले आफ्ना डिलरहरूलाई केवल बिक्रेता मात्र नभई व्यावसायिक साझेदारको रूपमा हेर्दै आएको र यस अभियानले डिलरहरूसँगको आपसी विश्वास र सम्बन्धलाई थप मजबुत बनाउने कम्पनीले जानकारी दिएको छ।
पुष २०, २०८२ आइतबार १९:३२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।