सिटिजन लाइफको २० प्रतिशत लाभांश पारित

सिटिजन लाइफको २० प्रतिशत लाभांश पारित

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभाले सेयरधनीहरूलाई ५ अर्ब चुक्ता पुँजीको २० प्रतिशत (१ अर्ब रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू स्वीकृत गरेको छ। कम्पनीले सभा सम्पन्न भएकै दिन (आजै) देखि सेयरधनीको खातामा लाभांश पठाउन सुरु गरेको जनाएको छ।

सभाले आगामी वर्षका लागि एसएआर एशोसिएट्सलाई लेखा परीक्षक नियुक्त गर्नुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ति र सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू समेत अनुमोदन गरेको छ। समयमै साधारण सभा र लाभांश वितरण गरेर कम्पनीले पारदर्शिता पुष्टि गरेको छ।

पुष १८, २०८२ शुक्रबार १८:४६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।