नयाँ वर्ष २०२६ को स्वागतमा हायात प्लेसको 'न्यू इयर्स इभ अन्डर द स्टार्स'
बुटवल : बुटवलस्थित हायात प्लेसले नयाँ वर्ष २०२६ को स्वागतमा आयोजना गरेको 'न्यू इयर्स इभ अन्डर द स्टार्स' कार्यक्रम सम्पन्न गरेको छ।
पुस १६ गते (डिसेम्बर ३१) होटलको स्विमिङ पुल परिसरमा आयोजित उक्त उत्सवमा नेपाल र भारतका विभिन्न क्षेत्रका सहभागीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा मनोरञ्जनका लागि भारतीय डीजे सुबुही जोशी, 'राग एण्ड रिदम' ब्यान्ड र स्याक्सोफोनको प्रस्तुति राखिएको थियो। कार्यक्रमको सञ्चालन मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२५, प्राप्ति रानाभटले गरेकी थिइन्। होटलले सहभागीहरूका लागि लाइभ बारबिक्यु र विशेष डिनरको व्यवस्था गरेको थियो।
होटलका जनरल म्यानेजर तुषार नगरले यस्ता कार्यक्रमले पश्चिम नेपालको पर्यटन र आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा थप आकर्षण बढ्ने विश्वास व्यक्त गरे। मध्यरातको 'काउन्टडाउन'सँगै औपचारिक रूपमा नयाँ वर्षको स्वागत गर्दै कार्यक्रम समापन गरिएको थियो।
पुष १८, २०८२ शुक्रबार १५:४१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।