एकैदिन तोलामा २९ सय रुपैयाँले बढ्यो सुन
काठमाडौं : नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा भारी वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार छापावाला सुन प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ।
हिजो प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ सय १० रुपैयाँले बढेर ४ हजार ५ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
पुष १८, २०८२ शुक्रबार १०:४६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।