सरकारी पुनर्निर्माण कोषमा मेटलाइफको २५ लाख सहयोग
काठमाडौं : मेटलाइफ नेपालले नेपाल सरकारको 'भौतिक पूर्वाधार पुनर्निर्माण कोष'मा २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
मेटलाइफले एक कार्यक्रमकाबीच अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो। देशको भौतिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग पुर्याई आम नागरिकको जनजीवन सहज बनाउने सरकारको प्रयासमा साथ दिनु यस सहयोगको मुख्य उद्देश्य रहेको मेटलाइफले जनाएको छ।
सहयोग हस्तान्तरणका क्रममा कम्पनीले नेपालीको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता रहनेसमेत व्यक्त गरेको छ। सन् २००१ देखि नेपालमा शाखाका रूपमा सञ्चालित मेटलाइफले व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई विभिन्न बीमा सेवाहरू प्रदान गर्दै आइरहेको छ।
पुष १७, २०८२ बिहीबार १९:५७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।