कुरिनटारमा खुल्यो केएफसीको नयाँ आउटलेट, मेनुमा २५ प्रतिशत छुटको अफर
चितवन : दिगो ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गत सञ्चालित दिगो दिगो इ-स्टपले कुरिनटारमा विश्वप्रसिद्ध रेस्टुरेन्ट चेन केएफसीको नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।
राजमार्गमा यात्रा गर्ने यात्रु र स्थानीय समुदायलाई लक्षित गर्दै दिगो इ-स्टपले आफ्नो हबमा केएफसीको सेवा विस्तार गरेको हो। नयाँ शाखा उद्घाटनको अवसरमा ग्राहकहरूका लागि केएफसीको मेनुमा २५ प्रतिशत विशेष छुट उपलब्ध गराइएको छ। यो छुट सीमित समयका लागि मात्र रहने कम्पनीले जनाएको छ।
दिगो इ-स्टपमा निजी तथा व्यावसायिक विद्युतीय सवारीका लागि फास्ट चार्जिङ, स्वच्छ सार्वजनिक शौचालय र परिवारमैत्री विश्रामस्थल जस्ता सुविधाहरू पहिल्यैदेखि उपलब्ध गराइएको छ। केएफसीको आगमनसँगै अब यात्रुहरूलाई एउटै केन्द्रमा विश्वस्तरीय स्वाद र आधुनिक यात्राको अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।
दिगो ग्रुपका सिइओ सौरभ श्रेष्ठले यस कदमले राजमार्गको यात्रालाई थप सहज र गुणस्तरीय बनाउने बताए। दिगो ग्रुप अफ इन्डस्ट्रिजले आगामी दिनमा पनि यात्रु केन्द्रित सेवाहरूलाई थप सुदृढ बनाउँदै लैजाने लक्ष्य राखेको छ।
पुष १७, २०८२ बिहीबार १९:२७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।