रास्वपाले भन्यो "समानुपातिकमा कमजोरी देखिए सच्याउँछौँ"
काठमाडौं : संविधानको मर्म विपरीत समानुपातिक सूची बनाएपछि तीव्र आलोचनाको केन्द्रमा परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूची सच्याउने भएको छ। रास्वपाको पार्टी सचिवालयले बुधवार सूचना जारी गर्दै समानुपातिक बन्द सूचीप्रति विभिन्न सरोकारवालाहरूबाट प्राप्त सुझावलाई मध्यनजर राखेर सूचीमा देखिएको त्रुटि सच्याउने उल्लेख गरेको हो।
समानुपातिकमा रास्वपाले व्यापारीका सन्तान र सेलिब्रिटीहरुलाई राखेपछि संविधानको मर्म विपरीत काम गरेको भन्दै आलोचना भइरहेको छ। तर रास्वपाले गल्ती स्वीकार गरेको छैन। उसले समय अभावका कारण अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारण प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने उल्लेख गरेको छ।
‘बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेस गर्ने जानकारी गराइन्छ। अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा १७ पुस बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ,’ सूचनामा भनिएको छ।
पुष १६, २०८२ बुधबार १९:४७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।