रास्वपासँग एकता : कुलमान समूहबाट १८ जना समानुपातिक सूचीमा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकीकरण गरेको उज्यालो नेपाल पार्टीले आफ्नोतर्फबाट १८ जना समानुपातिक उम्मेदवारहरूको नामावली टुंगो लगाएको छ।
निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने अन्तिम समयमा दुई पार्टीबीच एकताको सहमति भएपछि उज्यालो नेपालले आफ्नो तर्फबाट बन्दसूचीका लागि उम्मेदवारको सूचि तयार पारेको हो।
सोमबार दिनभर भएको छलफलपछि उज्यालो नेपालका संरक्षक रहेका कुलमान पार्टीको अस्तित्वका लागि उज्यालो अर्थतन्त्रसहितको अभियान चलाउने सर्तसहित राष्ट्रिय स्वतन्त्र पार्टीमा समावेश भएका छन्।
सहमति अनुसार, उज्यालो नेपालबाट १८ जनालाई रास्वपाको समानुपातिक सूचीमा समेटिएको छ। दुई पार्टीबीच भएको एकीकरणको सहमति पत्रमा हस्ताक्षर गरेलगतै रास्वपा नेताहरू समानुपातिक बन्दसूची पेश आयोग पुगेका छन्। बन्दसूचि पेस गर्ने आज अन्तिम दिन हो।
उज्यालो नेपालको तर्फबाट को-को परे सूचीमा ?
डा. महेन्द्र लावती
धर्म लाल तामाङ
माया डोल्मा लामा
तुलसा वाइवा
लाक्पा फुटी शेर्पा
श्रीशाला गुरुङ
देवकी पौडेल
अनुप कुमार उपाध्याय
दुर्गा बहादुर घिमिरे
कुमार राज सुवेदी
सिता देवी पाण्डेय
सरला लामिछाने
रिमा विश्वकर्मा
राजदेव राम
अभिषेक राज सिंह
मनिषा कुमारी
सोम प्रसाद चौधरी
बालिका चौधरी
पुष १४, २०८२ सोमबार २२:३९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।