समानुपातिकमा १८ र उपसभापति पदसहित कुलमान रास्वपामा जान सहमत
काठमाडौं : समानुपातिक सूची बुझाउने अन्तिम समय कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहमति भएको छ। सोमबार दिनभर भएको छलफलपछि कुलमान घिसिङ रास्वपाको उपसभापति हुने गरी सोमबार सहमति भएको हो। रवि लामिछाने र घिसिङबीच समानुपातिकमा उनको समूहबाट १८ जना सूचीमा राख्ने सहमति समेत भएको छ।
कुलमान बौद्धको एक होटलमा बसेर पार्टीको समानुपातिक सूची बनाइरहँदा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले लिएर गएका थिए। सुधनले आइतबार बेलुकाबाटै कुलमानसहितको सहमति गर्न दबाब दिइरहेका थिए।
सोमबार मध्यान्हबाट भएको छलफलमा पार्टीको सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र उपसभापतिमा कुलमान हुनेगरी सहमति भएको हो।
पुष १४, २०८२ सोमबार २०:३९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।