जगदम्बा स्टिल्सको स्पष्टीकरण : नियमानुसार बोनस दिन तयार
काठमाडौं : जगदम्बा स्टिल्स लिमिटेडले प्रचलित कानुनअनुसार श्रमिकहरूलाई बोनस वितरण गर्न कम्पनी तयार रहेको स्पष्ट पारेको छ। श्रमिक युनियनले कानुन विपरीत बोनस माग गर्दै धम्की र भ्रमपूर्ण प्रचार गरेको भन्दै कम्पनीले आपत्ति जनाएको हो।
विज्ञप्तिअनुसार बोनसको विवाद अदालतबाट निरूपण भइसक्दा पनि श्रमिक युनियनले कार्य वातावरण असहज बनाएको र धाकधम्की दिएका कारण व्यवस्थापन पक्ष विगत ३ महिनादेखि उद्योगमा उपस्थित हुन सकेको छैन।
बोनस ऐन, २०३० बमोजिम नियमानुसार बोनस वितरण गर्न आफू सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै जगदम्बा स्टिल्सले तथ्यहीन कुराको पछि नलाग्न आग्रह गरेको छ।
पुष १४, २०८२ सोमबार १९:०१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।