सोमबार समानुपातिक सूची बुझाउने एमालेको निर्णय, सूची बनाउने जिम्मा अध्यक्षलाई

सोमबार समानुपातिक सूची बुझाउने एमालेको निर्णय, सूची बनाउने जिम्मा अध्यक्षलाई

काठमाडौं : प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा उठाइरहेको एमालेले फागुन २१ को निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक निर्वाचनको उम्मेदवारहरूको सूची बुझाउने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले आयोगले तोकेको मितिभित्र समानुपातिक उम्मेदवारको सूची बुझाउने निर्णय गरेको हो।

एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आयोगमा पार्टीको तर्फबाट बुझाउने उम्मेदवारको सूची पेस गरेका थिए। बैठकले ओलीले सचिवालयमा पेस गरेकै सूची आयोगमा बुझाउने निर्णय गरेको हो। बैठकले समानुपातिक सूची हेरफेर गर्न आवश्यक भएमा सो अधिकार अध्यक्षलाई नै दिइएको एक नेताले बताए।

आयोगले समानुपातिक सूची बुझाउन आइतबार र सोमबारको समय दिएको छ। आइतबार जम्मा तीन पार्टीले मात्र सूची बुझाएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी लगायतका मुख्य दलहरूले आइतबार सूची बुझाएका छैनन्।

पुष १३, २०८२ आइतबार २०:२६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।