कांग्रेसले समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने, युवासहित नयाँ सूची बन्दै

कांग्रेसले समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने, युवासहित नयाँ सूची बन्दै

काठमाडौं : नेपाली कांग्रेसले २०६४ देखि २०७९ सम्म पार्टीबाट समानुपातिक सूचीमा भएकाहरूलाई नदोहोर्याउने भएको छ। समानुपातिक सूचीबारे निर्णय गर्न आइतबार बसेको पार्टीको बैठकले फागुन २१ को निर्वाचनमा नयाँलाई समानुपातिकमा राख्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए।

निर्वाचन आयोगले समानुपातिक सूची बुझाउन पुस १३ र १४ गते मिति तोकेको छ। कांग्रेसले समानुपातिक सूची बुझाउने समय बढाउन आग्रह गरे पनि निर्वाचन आयोगले स्वीकार गरेको छैन। समानुपातिक सूची बनाउन आइतबार बसेको बैठकले २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका बाहेकको सूची बुझाउने तयारी गरेको हो।

पार्टीले यस अगाडि नै प्रत्यक्ष र समानुपातिकका लागि जिल्ला र क्षेत्रबाट सिफारिस मागेको थियो। सोही आधारमा युवासहितको सूची सोमबार बुझाउने तयारी भइरहेको ती पदाधिकारीले उकेरालाई जानकारी दिए।

पुष १३, २०८२ आइतबार १५:५९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।