जस्मिन पेन्ट्सको बम्पर उपहार : नेपालगञ्जकी देवी बुढालाई जापान भ्रमणको अवसर

जस्मिन पेन्ट्सको बम्पर उपहार : नेपालगञ्जकी देवी बुढालाई जापान भ्रमणको अवसर

काठमाडौं : जस्मिन पेन्ट्स लिमिटेडले सञ्चालन गरेको चाडपर्व लक्षित उपहार योजनाको बम्पर पुरस्कार नेपालगञ्जकी देवी बुढाले जितेकी छन्।

कम्पनीका ब्राण्ड एम्बेसेडर पारस खड्काद्वारा गरिएको लक्की ड्र मार्फत बुढाले जापान भ्रमणको अवसर प्राप्त गरेकी हुन्।

‘चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ नामक यो अभियान २०८२ भदौ १ देखि कात्तिक मसान्तसम्म सञ्चालन भएको थियो।

७५ हजार रुपैयाँ बराबरको पेन्ट्स खरिद गर्ने २६४७ भन्दा बढी ग्राहक सहभागी यस योजनामा जापान भ्रमण बाहेक अन्य १०८२ जनाले डिनर सेट, हिटर, आइरन र भित्तेघडी जस्ता विभिन्न उपहारहरू जितेका छन्।

पुष ११, २०८२ शुक्रबार १०:३४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।