ठगीको आरोपमा युरो एसिया कन्सल्टेन्सीका डाँगी पक्राउ

ठगीको आरोपमा युरो एसिया कन्सल्टेन्सीका डाँगी पक्राउ

काठमाडौं : अमेरिका, अस्ट्रेलिया, क्यानडा, यूकेलगायतका देशमा पठाउने भनेर ठगी गरेको आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी पक्राउ परेका छन्। कलेज फि र इन्स्योरेन्स पोलिसिका लागि भन्दै २६ लाख ८ हजार लिएर ठगी गरेको भन्दै उनलाई काठमाडौँ अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको हो।

कार्यालयले प्रारम्भिक अनुसन्धान सकाएर डाँगीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

पुष ८, २०८२ मंगलबार २१:१५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।