सांग्रिला मोटर्सले गर्यो कस्टमर र्याली
काठमाडौं : नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले 'लिपमोटर कस्टमर र्याली' सम्पन्न गरेको छ। ‘लेट्स लिप इन्टु एन अनफर्गेटेबल एक्सपेरियन्स’ भन्ने मूल नाराका साथ शनिबार यो र्याली आयोजना गरिएको हो।
सानेपास्थित हेरिटेज गार्डेनबाट सुरु भएको र्यालीको उद्घाटन लिपमोटरका ब्रान्ड एम्बेसडर रोहित पौडेल र सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाले संयुक्त रूपमा गरेका थिए। सानेपाबाट सुरु भएको विद्युतीय सवारी साधनहरूको र्याली नगरकोटस्थित क्लब हिमालय पुगेको थियो।
उक्त यात्राका क्रममा सहभागीहरूले घुमाउरो र उकालो सडकमा लिपमोटर ईभीको कार्यक्षमता र ह्यान्डलिङको अनुभव गर्ने अवसर पाएका थिए। र्यालीले लिपमोटर प्रयोगकर्ताहरूबीच आपसी भाइचारा र सम्बन्ध विस्तारमा सहयोग पुर्याएको कम्पनीले जनाएको छ।
सांग्रिला मोटर्सले नेपालमा इन्टेलिजेन्ट र दिगो विद्युतीय मोबिलिटी सोलुसन्सका साथै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको छ।
पुष ७, २०८२ सोमबार १५:४२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।