कुलमानको प्रशिक्षण : 'गाली होइन, कर्ममा जोड दिऔं'

कुलमानको प्रशिक्षण : 'गाली होइन, कर्ममा जोड दिऔं'

चितवन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताएका छन्।

उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेलामा शनिबार उनले व्यक्ति र निहित स्वार्थका लागि राजनीति गर्दा समस्या हुने गरेको उल्लेख गर्दै अब समाज परिवर्तन र विकासका लागि केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले भने, 'कसैलाई गाली गरेर हुँदैन, आफ्नो कर्ममा लाग्नुहोस्। राजनीतिलाई आफ्नो पेसा नभई समाज सेवामा लगाउन आवश्यक छ। अबको राजनीति सेवा समर्पित हुनुपर्छ।'

बागमती प्रदेश संयोजक प्रवीन तामाङको अध्यक्षतामा सम्पन्न भेलाले जिल्ला नगर तथा पालिका भेलाको मितिसमेत तय गरेको छ। 

पुष ५, २०८२ शनिबार २०:१०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।