नेपालमा पहिलो ‘माइडिया प्रो शप’ सञ्चालनमा

नेपालमा पहिलो ‘माइडिया प्रो शप’ सञ्चालनमा

काठमाडौं : माइडिया एसीको आधिकारिक वितरक एयर एक्सपर्ट्सले नेपालमा पहिलो पटक ‘माइडिया प्रो शप’ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। 

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले बिहीबार यसको उद्घाटन गरे। तीन हजार वर्गफिटमा फैलिएको यो नेपालकै सबैभन्दा ठूलो एसी अनुभव केन्द्र हो। यहाँ ग्राहकले घरायसी र व्यावसायिक प्रयोजनका कूलिङ एसीको बारेमा बुझ्न र प्रत्यक्ष परीक्षण गर्न सक्नेछन्।

एयर एक्सपर्ट्सका प्रबन्ध निर्देशक नवीन बन्सालीले विगत २० वर्षदेखि नेपाली बजारमा माइडिया अग्रणी रहेको बताउँदै आगामी दिनमा अन्य सहरहरूमा पनि डिलर नेटवर्क विस्तार गर्ने लक्ष्य रहेको बताए। जसले ग्राहकलाई आधुनिक प्रविधि र ऊर्जा बचत गर्ने स्मार्ट एसीहरू छनोट गर्न सहज बनाउने कम्पनीको विश्वास छ।

पुष ४, २०८२ शुक्रबार १५:५०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।