रास्वपाको समानुपातिक उम्मेदवार बन्न समीक्षा र रन्जुको निवेदन, सूचीमा दीपकराज गिरी र भुवन केसी पनि
काठमाडौं : शर्तसहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा विलय भएको साझा विवेकशील पार्टीको अध्यक्ष समीक्षा बास्कोटा र रन्जु दर्शनाले समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका छन्।
यसअघि २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा समीक्षा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी थिइन् भने आम निर्वाचनमा रन्जु काठमाडौं-५ बाट उम्मेदवार बनेकी थिइन्।
रास्वपाले शुक्रबार सार्वजनिक गरेको आवेदकको सूचीमा सिन्धुपाल्चोकबाट दीपकराज गिरी र काठमाडौंबाट भुवन केसीको नाम छ। यी कलाकार गिरी र केसी हुन् या हैनन् खुलेको छैन।
शुक्रबार सार्वजनिक भएको सात वटै प्रदेशबाट ३५२ जना आवेदकमा यस अगाडि समानुपातिकबाट सांसद बनेकाहरूको नाम छैन अधिकांश नयाँ छन्।
कोषाध्यक्ष लीमा अधिकारी, केन्द्रीय सदस्य रमेश प्रसाईं, पत्रकारिता छाडेर राजनीतिमा लागेका प्रमोद न्यौपाने,ज्वाला भनिने टिका संग्रौला, अरनिको पाँडे लगायतको नाम छ।
पुष ४, २०८२ शुक्रबार १३:१३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।