सीजीका साना उपकरण खरिद गर्दा मुम्बईमा टी-२० विश्वकप हेर्ने अवसर
काठमाडौं : नेपालको प्रतिष्ठित ब्रान्ड सीजीले आफ्ना साना घरायसी उपकरणको खरिदमा ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ नामक विशेष उपहार योजना ल्याएको छ।
योजना अनुसार सीजीका साना घरायसी उपकरण खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत बम्पर उपहारमा मुम्बईको ५ दिने पूर्ण भ्रमण प्याकेज जित्न सक्नेछन्।
प्याकेजमा दुईतर्फी हवाई टिकट, तारे होटलमा बसाइ, खानपिन, सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालको खेल प्रत्यक्ष हेर्ने टिकट समावेश छ।
योजनामा सहभागी हुन ग्राहकले सामान खरिदपछि CGSDA <space> सिरियल नम्बर <space> सामानको नाम <space> ग्राहकको नाम <space> ठेगाना टाइप गरी ३१००३ मा एसएमएस पठाउनुपर्नेछ।
यो योजना मङ्सिर २९ गतेदेखि सीमित अवधिको लागि नेपालभर लागू भएको कम्पनीले जनाएको छ।
पुष ४, २०८२ शुक्रबार ११:११:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।