हयात प्लेस बुटवलमा ‘अनलिमिटेड बेभरेज’ र डिजे सुबुहीको साथमा नयाँ वर्ष २०२६ को स्वागत गरिँदै
बुटवल : हयात प्लेस बुटवलले सन् २०२६ को नयाँ वर्षलाई भव्य रूपमा स्वागत गर्न विशेष कार्यक्रम ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’ आयोजना गर्ने भएको छ।
होटलको ‘पुलसाइड’ मा खुला आकाशमुनि आयोजना हुने यो कार्यक्रममा सहभागीहरूले ‘अनलिमिटेड बेभरेज’ र लाइभ बार्बिक्यु (बदेल) को मज्जा लिन पाउनेछन्।
कार्यक्रममा चर्चित सेलिब्रेटी डिजे सुबुही जोशी, स्थानीय ब्यान्डको लाइभ प्रस्तुति, बेली डान्स तथा आइटम डान्स जस्ता विशेष आकर्षणहरू रहने होटलले जनाएको छ।
होटलले नयाँ वर्षको कार्यक्रमका लागि दुई प्रकारका प्याकेज सार्वजनिक गरेको छ।
जसमा प्रवेश र अनलिमिटेड खानपान सुविधा भएको कपल पार्टी प्याकेजलाई १६ हजार ९९९ रुपैयाँ तोकिएको छ भने खानपानसहित जोडीलाई कोठा र बिहानको खाजा सुविधा समेत भएको स्टे एण्ड पार्टी प्याकेज २४ हजार ९९९ रुपैयाँ पर्नेछ।
डिसेम्बर २८, २०२५ सम्म बुकिङ गर्ने ग्राहकका लागि ‘अर्ली बर्ड अफर’ अन्तर्गत कपल प्याकेज रु. १२,९९९ र स्टे प्याकेज रु. १९,९९९ मा उपलब्ध गराइनेछ।
हयात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नागरले पाहुनाहरूलाई खुला आकाशमुनि ऊर्जावान र अविस्मरणीय अनुभव प्रदान गर्दै सन् २०२६ को सुरुवात गर्न यो कार्यक्रम आयोजना गरिएको बताए।
पुष ४, २०८२ शुक्रबार ११:०५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।