टीसीएल खरिदमा मुम्बई गएर टी-२० विश्वकप हेर्ने अफर
काठमाडौं : विश्वव्यापी ओलम्पिक साझेदार तथा प्रिमियम इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली क्रिकेट प्रेमीहरूका लागि आकर्षक योजना सार्वजनिक गरेको छ।
‘ब्रिङ्ग होम टीसीएल, फ्लाइ टु द आईसीसी टी२० वर्ल्डकप क्रिकेट लाइभ’ नामक यस योजना अन्तर्गत टीसीएलका उत्पादन खरिद गर्ने भाग्यशाली ग्राहकले सन् २०२६ मा हुने आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपालको खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्ने ५ दिने निःशुल्क प्याकेज जित्न सक्नेछन्।
यस योजनामा सहभागी हुन ग्राहकले टीसीएलका निर्दिष्ट उत्पादनहरू खरिद गरी TCL <space> वारेन्टी कार्ड नं. <space> उत्पादनको नाम <space> ग्राहकको नाम <space> ठेगाना टाइप गरेर ३१००३ मा एसएमएस पठाउनुपर्नेछ।
बम्पर उपहारका साथै ग्राहकले खरिदमा तत्कालै वासिङ मेसिन खरिदमा ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क, एयर कन्डिसनर खरिदमा निःशुल्क जडान र ४३ इन्च वा सोभन्दा ठूलो टिभी खरिदमा ९ महिनाको नेटटिभी सदस्यता पाउनेछ।
नेपालमा चौधरी ग्रुप इलेक्ट्रोनिक्सले टीसीएलका उत्पादनहरू वितरण गर्दै आएको छ। यो अफर सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।
पुष ४, २०८२ शुक्रबार १०:३७:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।