भरतपुरमा निर्माणाधीन घरको तेस्रो तल्लाबाट खसेर एक मजदुरको मृत्यु
चितवन : चितवनको भरतपुरमा निर्माणाधीन घरको तेस्रो तल्लाबाट खसेर एक मजदुरको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका-११, कुमारीचोकस्थित निर्मल पहारीको नयाँ बन्दै गरेको घरमा रङ लगाउने क्रममा खसेर २० वर्षीय इश्वर सार्कीको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृतक सार्कीको स्थायी घर माडी नगरपालिका-८ भए पनि उनी हाल सोही निर्माणाधीन घरमा काम गर्दै आएका थिए।
बिहीबार बिहान रङ लगाउने क्रममा सार्की ३ तल्ला माथिबाट खसेर मृत अवस्थामा फेला परेको सूचना बिहान ८:४५ बजे अस्थायी प्रहरी बिट भोजाडमा प्राप्त भएको थियो।
घटना लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पुष ४, २०८२ शुक्रबार १०:०८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।