जेन-जी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार दुई कैदीबन्दी पक्राउ
काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको फाइदा उठाउँदै काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका दुई कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बसिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखाका श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका विनोद गौतम रहेका छन्।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकाहरू मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक, डाँका र सङ्गठित अपराध जस्ता गम्भीर मुद्दामा सजाय भुक्तान गरिरहेका थिए।
प्रहरीले पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय, जगन्नाथ देवल (सुन्धारा) मा बुझाएको छ।
पुष ४, २०८२ शुक्रबार ०७:४६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।