एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी, १ हजार ९९ मतले हारे ईश्वर पोखरेल

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी, १ हजार ९९ मतले हारे ईश्वर पोखरेल

काठमाडौं : एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली भारी मतसहित पुनः निर्वाचित भएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ६६३ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले भने ५६४ मत मात्र प्राप्त गरे।

ओलीले पोखरेललाई १ हजार ९९ मतको विशाल अन्तरले पराजित गरेका हुन्।

यसअघि पनि पार्टी अध्यक्ष रहिसकेका ओली यो जितसँगै पुनः एमालेको कमान्ड सम्हाल्न आइपुगेका छन्।

निर्वाचनमा अध्यक्ष पदका लागि दुई जनाबीच मात्र प्रतिस्पर्धा भएको थियो। मतगणना सकिएसँगै अध्यक्ष पदको नतिजा टुंगिएको हो भने अन्य पदाधिकारीहरूको मतगणना र नतिजा आउने क्रम जारी छ।

पुष ३, २०८२ बिहीबार १३:०९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।