एनएमबि बैंकको नयाँ सुविधा : अब कर्जाको आवेदन अनलाइनबाटै ‘ट्र्याक’ गर्न सकिने

एनएमबि बैंकको नयाँ सुविधा : अब कर्जाको आवेदन अनलाइनबाटै ‘ट्र्याक’ गर्न सकिने

काठमाडौं : एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि कर्जा आवेदनको अवस्था वास्तविक समयमै थाहा पाउन सकिने ‘अनलाइन कर्जा ट्र्याकिङ’ सुविधा सञ्चालनमा ल्याएको छ।

यो सुविधा अन्तर्गत व्यक्तिगत तथा साना-मझौला कर्जाका आवेदकले कागजात बुझाएपछि प्राप्त हुने ‘ट्र्याकिङ नम्बर’ प्रयोग गरी बैंकको वेबसाइटमार्फत आफ्नो कर्जा प्रक्रिया कहाँ पुग्यो भनेर सजिलै हेर्न सक्नेछन्।

ग्राहकले बैंकको वेबसाइटमा रहेको ‘डिजिटल बैंकिङ’ अन्तर्गत ‘अनलाइन कर्जा ट्र्याकर’मा गएर यो सुविधा लिन सक्नेछन्।

यसले कर्जाको जानकारी लिन बैंक धाउनुपर्ने वा फोन गर्नुपर्ने झन्झट अन्त्य गर्ने र प्रक्रियामा पारदर्शिता थप्ने विश्वास बैंकले लिएको छ। बैंकले हाल देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

पुष २, २०८२ बुधबार ११:३४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।