ईश्वर पोखरेलसँग भिड्न ओलीको प्यानल तयार, को-को परे पदाधिकारीमा ?
काठमाडौं : एमालेको जारी ११औँ महाधिवेशनमा प्रतिस्पर्धाको लागि अध्यक्ष केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका पदाधिकारी उम्मेदवारको सूचि सार्वजनिक गरेको छ। यस पटक नेता ईश्वर पोखरेल र अध्यक्ष ओली पक्षले प्यान खडा गरेर प्रतिस्पर्धा गर्दै छन्।
सार्वजनिक सूची अनुसार अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेललाई अघि सारिएको छ। समूहमा नयाँ र पुराना नेताहरुको संयोजन देखिएको छ।
उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, २. राम बहादुर थापा (बादल), पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त र गुरुप्रसाद बरालको नाम सार्वजनिक गरिएको छ। नेता प्रदीप ज्ञवालीले उपाध्यक्ष पदमा उठ्न अस्वीकार गरेपछि प्राथमिकतामा नपरेका पन्तलाई ओलीले आफ्नो प्यानलमा भित्र्याएका हुन्।
उपमहासचिवमा विष्णुप्रसाद रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको नाम राखिएको छ। त्यस्तै, सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्कीले उम्मेदवारी दिएका छन्।
ओली पक्षले केन्द्रीय सदस्यहरूको नामसमेत टुंग्याएर मंगलबार नै हुने मतदानका लागि प्रतिनिधिहरूलाई यही प्यानलअनुसार मत हाल्न सर्कुलेसन सुरु गरेको छ।
पुष १, २०८२ मंगलबार १६:११:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।