सर्वोत्कृष्ट खेलाडी भएका रोहितले पाए कार र बाइक
काठमाडौं : प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार र बाइक पाएका छन्। ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेका रोहितले पुरस्कार स्वरूप 'जेइको जे-५' एसयूभी कार जितेका हुन्।
दोस्रो संस्करणमा सर्वाधिक २७६ रन बनाएका उनी एनपिएल प्रतियोगिताको इतिहासमै सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्। फाइनल खेलमा १२ बलमा १६ रन बनाएका उनले बलिङतर्फ ह्याट्रिक गरे।
प्रतियोगिताभर उनले कुल १० विकेट हात पारे। यस्तै, लुम्बिनीका रुबेन ट्रम्पलमन १० खेलमा १५ विकेटका साथ उत्कृष्ट विदेशी खेलाडी चुनिए। रोहितको नेतृत्वमा लुम्बिनीले लगातार छैटौं खेल जितेर उपाधि चुमेको हो।
मंसिर २७, २०८२ शनिबार २०:०८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।