पूर्व-पश्चिम राजमार्गमा ट्रक र कार ठोक्किँदा एक वृद्धको मृत्यु, दुई घाइते

पूर्व-पश्चिम राजमार्गमा ट्रक र कार ठोक्किँदा एक वृद्धको मृत्यु, दुई घाइते

चन्द्रपुर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किँदा एक वृद्धको मृत्यु भएको छ।

चन्द्रपुर नगरपालिका-४ स्थित राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ११४८ नम्बरको ट्रक र विपरीत दिशाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी कारमा सवार बाराको निजगढ नगरपालिका-३, सिगौल बस्ने ७९ वर्षीय भक्तबहादुर खत्रीको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङका अनुसार दुर्घटनामा कार चालक दिनेश थपलिया र चन्द्रपुर-६ बस्ने डोरमणि सापकोटा घाइते भएका छन्। घाइते दुवैको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

मंसिर २६, २०८२ शुक्रबार ११:५०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।