दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

बैतडी : दार्चुलाको अपिहिमाल गाउँपालिकास्थित घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सिनाका अनुसार आइतबार बिहान ८ बजेर २८ मिनेटमा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

उक्त भूकम्पको धक्का दार्चुला र बैतडीसहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको छ।

मंसिर २१, २०८२ आइतबार ०९:५२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।