गण्डकीको हिमाली भेगमा हिमपातको सम्भावना, पहाडी क्षेत्रमा आंशिक बदली
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशको हिमाली भेगमा आज राति हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।
देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
यस क्रममा गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
मंसिर २०, २०८२ शनिबार ०७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।