एमएडब्लू अर्थमुभर्सको ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

एमएडब्लू अर्थमुभर्सको ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

काठमाडौं : नेपालमा जेसीबीको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ।

कम्पनीले सन् २०२० वा सोभन्दा अघि बिक्री भएका जेसीबी मेसिनहरूलाई लक्षित गर्दै यो देशव्यापी अभियान सञ्चालन गरेको हो।

मंसिर ५ गतेदेखि सुरु भएको यो अभियान पुस १६ सम्म चल्नेछ। पुराना मेसिनहरूलाई सुरक्षित, भरपर्दो र चुस्त अवस्थामा राख्न सहयोग पुर्याउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत जेसीबी मेसिनका धनीहरूले तालिमप्राप्त प्राविधिकहरूबाट आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्नेछन्। यसले मेसिनमा रहेका सम्भावित समस्या पहिचान गरी कार्यक्षमता बढाउन मद्दत गर्ने कम्पनीको विश्वास छ।

यसका साथै, ग्राहकलाई विशेष सहुलियत दिँदै कम्पनीले जेसीबीका जेन्युइन लुब्रिकेन्ट्स र स्पेयर पार्ट्स खरिदमा १५ प्रतिशत छुट दिने घोषणा गरेको छ। त्यस्तै, आधिकारिक जेसीबी वर्कसपमा गरिने सर्भिस तथा मर्मतमा २० प्रतिशत छुट पाइनेछ।

यो सुविधा नेपालभरका १२ वटै जेसीबी शाखाहरूबाट लिन सकिनेछ।

धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौं, पोखरा, वीरगञ्ज, जनकपुर, इटहरी र बिर्तामोडस्थित शाखा कार्यालयमार्फत ग्राहकले पायक पर्ने स्थानबाट सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

मंसिर १८, २०८२ बिहीबार १३:५७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।