ग्लोबल आइएमई बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई ‘आइफोन १७’ जित्ने मौका
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताका लागि नयाँ योजना सार्वजनिक गरेको छ।
बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत फोनपे नेटवर्कबाट कम्तीमा ३ पटक रकम ट्रान्सफर गर्दा ‘आइफोन १७’ जित्न सकिने योजना ल्याएको हो।
यस योजनाअन्तर्गत तोकिएको सर्त पूरा गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाबाट दुई जना भाग्यशाली विजेताले ‘आइफोन १७’ प्राप्त गर्नेछन्।
साथै, बैंकले प्रयोगकर्तालाई हरेक दिन उपहार जित्ने अवसर पनि दिएको छ।
यसअनुसार, मोबाइल बैंकिङबाट ‘फोनपे डाइरेक्ट’ मार्फत रकम पठाउँदाको भिडियो बनाएर आफ्नो सामाजिक सञ्जालमा सेयर गर्ने प्रयोगकर्ताले हरेक दिन ‘सामसुङ इयरबड’ जित्न सक्नेछन्।
यो योजना २०८२ मङ्सिर १५ देखि पौष २५ गतेसम्म लागू हुनेछ। योजनामा सहभागी हुनका लागि प्रयोगकर्ताले योजना अवधिभर ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत फोनपे डाइरेक्ट प्रयोग गरी न्यूनतम ३ पटक रकम ट्रान्सफर गरेको हुनुपर्नेछ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मानित भइसकेको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५’, ‘बेस्ट बैंक इएसजी नेपाल २०२४’ तथा ‘बेस्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको यो पहिलो वाणिज्य बैंक हो। बैंकले ३५२ शाखा कार्यालय, ३८० एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।
त्यस्तै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डन जस्ता देशहरूबाट रेमिट्यान्स सेवा सञ्चालन गरी देशको आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ।
मंसिर १८, २०८२ बिहीबार १२:५५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।