सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट आएको छ। बुधबारको तुलनामा आज सुन र चाँदी दुवैको भाउ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ लाख ५३ हजार ३०० कायम भएको छ।

बुधबार सुन प्रतितोला रु २ लाख ५४ हजार १०० मा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्यमा प्रतितोला रु ८०० ले कमी आएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला रु ३ हजार ६२५ निर्धारण गरिएको छ, जुन बुधबारको तुलनामा रु ३० ले कम हो।

हिजो चाँदी प्रतितोला रु ३ हजार ६५५ मा कारोबार भएको थियो।

मंसिर १८, २०८२ बिहीबार १२:३४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।