पहाडी भेगमा आंशिक बदली, काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री
काठमाडौं : हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति भने देशभरको मौसम सफा रहने अनुमान गरिएको छ।
यसैगरी, काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ।
आज काठमाडौंको अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियसका बीचमा रहने महाशाखाले जनाएको छ।
मंसिर १८, २०८२ बिहीबार ०७:३२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।