क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ, अख्तियारको नियन्त्रणमा
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समातेको हो।
पोखरा विमानस्थल निर्माण लगायतमा भएको भ्रष्टाचारबारे अख्तियारले अनुसन्धान गरिरहेको थियो। संसदीय समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै छानबिन गर्न अख्तियारमा सिफारिस गरेको थियो।
प्राधिकरणले गरेको विभिन्न निर्माणमा उनी विवादमा पर्दै आएका छन्। नलिनचोकमा बनेको हेलीप्याड निर्माणमा समेत उनी विवादमा तानिएका छन्। उनी कुन प्रकरणमा समातिएका हुन् भन्ने खुलेको छैन।
मंसिर १७, २०८२ बुधबार १४:५६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।