एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, १० दिने उत्सव सुरु
काठमाडौं : एनसेलको सेल्फ-सर्भिस मोबाइल एप ‘एनसेल एप’ ले १ करोड डाउनलोडको कोसेढुङ्गा पार गरेको छ। यो उपलब्धिसँगै एनसेल एप नेपालमा सर्वाधिक प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक बनेको कम्पनीले जनाएको छ।
१ करोड डाउनलोड नाघेको खुसियालीमा एनसेलले १० दिने उत्सव कार्यक्रम घोषणा गरेको छ। यसअन्तर्गत १० दिनसम्म हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० जीबी ‘अल टाइम डेटा’ जित्ने मौका पाउनेछन्।
पहिलो पटक एप डाउनलोड गरी लग-इन गर्ने वा एपमार्फत प्याक खरिद गर्ने ग्राहकहरू यो अफरमा सहभागी हुन योग्य हुनेछन्।
एनसेल एपमार्फत ग्राहकले कोड डायल नगरी वा एनसेल सेन्टर धाउन नपर्दा सेवा लिन सहज भएको छ।
ब्यालेन्स रिचार्ज, प्याक खरिद, ब्यालेन्स ट्रान्सफर, उजुरी दर्ता, सेवा सक्रिय/निष्क्रिय गर्ने सुविधा र अनलाइन/अफलाइन गेम जस्ता विशेषताले यो एप ग्राहकको रोजाइमा परेको हो।
विदेशमा रहने नेपालीका लागि पनि रोमिङमा रिचार्ज र प्याक किन्न यो एप उपयोगी बनेको छ।
एनसेलका चीफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिभन रोड्रिगेजले भने, ‘एनसेल एपमार्फत १ करोडभन्दा बढी ग्राहक जोडिनु हाम्रो लागि ठूलो खुसीको कुरा हो। यसले सरकारको ‘डिजिटल नेपाल’ भिजनलाई सहयोग पुर्याउँदै कागजरहित सेवा प्रवाहलाई प्रवर्द्धन गरेको छ।’
ग्राहकले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट यो एप डाउनलोड गरी सेवा लिन सक्नेछन्।
मंसिर १७, २०८२ बुधबार १२:२३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।