एन आई सी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयरमा २० प्रतिशतसम्म छुट

एन आई सी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयरमा २० प्रतिशतसम्म छुट

काठमाडौं : एन आई सी एशिया बैंक र काठमाडौंस्थित दृष्टि आई केयर सिष्टमबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले दृष्टि आई केयरमा आँखा तथा नाक, कान र घाँटीसम्बन्धी उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकका अनुसार नाक, कान तथा घाँटी र जनरल सेवाअन्तर्गत ओपीडीमा २० प्रतिशत तथा इन्भेस्टिगेसनमा १० प्रतिशत छुट पाइनेछ।

त्यस्तै, आँखा उपचारतर्फ ओपीडीमा २० प्रतिशत, शल्यक्रिया प्याकेज र इन्भेस्टिगेसनमा ५ प्रतिशत, ल्याबमा १० प्रतिशत र अप्टिकल सामग्री खरिदमा ७.५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

यो छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गरी डिजिटल भुक्तानी गर्नुपर्नेछ।

यस सहकार्यले ग्राहकलाई उपचारमा आर्थिक राहत मिल्नुका साथै नगदरहित (डिजिटल) कारोबारलाई प्रोत्साहन पुग्ने बैंकले जनाएको छ।

मंसिर १७, २०८२ बुधबार ११:५३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।