बाजुराको सदरमुकाम मार्तडीमा भीषण आगलागी
बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा भीषण आगलागी भएको छ। बडीमालिका नगरपालिका- ८ का स्थानीय प्रकाश थापाको कम्पेलेक्स डिपार्टमेन्टल स्टोरमा मंगलबार दिउँसो करिब सवा १२ बजेतिर आगलागी भएको हो।
बिजुलीको तार सर्ट हुँदा आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको यकिन विवरण भने प्रहरीले संकलन गरिरहेको छ।
बडीमालिका नगरपालिका- ८ नयाँ बसपार्क जाने बाटो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योगमा आगलागी भएको हो। आगलागीबाट ग्यारेज सहितका सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए।

उनका अनुसार,सुरक्षाकर्मी,स्थानीय लगायत पत्रकारको सक्रियतामा आगो नियन्त्रण आएको बताएका छन्। क्षति संकलन गर्ने काम भइरहेको जोशीले जानकारी दिए।




मंसिर १६, २०८२ मंगलबार १५:२५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।