दुई भाइमध्ये एक जना सभापतिमा लड्छौं : नेता कोइराला
चितवन : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए।
कोइरालाले भने, 'समय कम भयो। महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।' उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताए।
यद्यपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ। जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए। महाधिवेशनमा उम्मेदवारीका सम्बन्धमा उनले भने, 'सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। दुई जनामध्ये एक जना लड्छौं।'
मंसिर १६, २०८२ मंगलबार १४:४६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।