बङ्गालको खाडीको प्रभाव : कोशी, मधेश र बागमतीमा आंशिक बदली, काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री

बङ्गालको खाडीको प्रभाव : कोशी, मधेश र बागमतीमा आंशिक बदली, काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री

काठमाडौं : नेपालमा हाल दक्षिणपश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीको प्रभाव विशेषगरी कोशी, मधेस र वाग्मती प्रदेशमा देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ।

यसैबीच, काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ। आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

आज दिउँसो उपत्यकाको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको छ।

मंसिर १६, २०८२ मंगलबार ०७:३०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।