बालेनलाई पितृशोक*
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न उपचारका क्रममा मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। उनमा पिसाबसम्बन्धी संक्रमण देखिएको अस्पताल स्रोतले बतायो।
‘उहाँलाई हिजो अस्पताल ल्याउँदा नै होस थिएन र अवस्था गम्भीर थियो। उपचारकै क्रममा आज मध्याह्न निधन भयो’, अस्पताल स्रोतले भन्यो।
सोमबार नै प्रधानमन्त्री सुशीला कार्कीले अस्पताल पुगेर मेयर शाहलाई भेटेर उनको बुवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
आयुर्वेदिक चिकित्सक रहेका रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्।
*बालेनका पिता रामनारायणको तस्बिर हुनुपर्नेमा अन्यथा परेकाले क्षमायाचनासहित हटाइएको छ।
मंसिर १५, २०८२ सोमबार १३:०८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।