चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा दुई हजार ३० सिट निर्धारण
काठमाडौं : चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्र २०२५/२०२६ का लागि चिकित्साशास्त्र तर्फको स्नातकोत्तर तह (पीजी) मा २ हजार ३० सिट निर्धारण गरेको छ।
आयोगको आइतबार सम्पन्न २२औं बैठकले एमडी, एमएस, एनबी एमएस तथा नर्सिङ लगायतका स्वास्थ्य शिक्षासम्बन्धी स्नातकोत्तर तहको सिट सङ्ख्या टुङ्गो लगाएको हो।
आयोगका सदस्य डा. पदमबहादुर खड्काका अनुसार, निर्धारित कुल सिटमध्ये सरकारी शिक्षण संस्थातर्फ १ हजार ३१ र निजीतर्फ ९९९ सिट कायम गरिएको छ।
सिंहदरबारमा बसेको उक्त बैठकमा प्रधानमन्त्री, आयोगकी अध्यक्ष सुशीला कार्की तथा आयोगका सहअध्यक्षद्वय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा र शिक्षा मन्त्री महावीर पुनको सहभागिता रहेको थियो।
बैठकमा बोल्दै अध्यक्ष कार्कीले आयोगको काम कारबाहीलाई थप पारदर्शी र प्रभावकारी बनाउनुपर्ने विषयमा निर्देशन दिनुभएको सदस्य डा. खड्काले जानकारी दिए।
मंसिर १५, २०८२ सोमबार १०:३०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।