एमाले अध्यक्ष ओलीले भने “अस्वस्थ प्रतिस्पर्धा नहोस्, कसैलाई होच्याएर नबोलौँ”
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेशन अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरे। महाधिवेशनको लोगो अनावरण कार्यक्रममा उनले कसैलाई होच्याएर नबोल्न समेत आग्रह गरे।
आफू स्वस्थ प्रतिस्पर्धामा सधैँ विश्वास गर्ने र पार्टीभित्र प्रतिस्पर्धाको वातावरण बनाउन क्रियशिल रहेको भन्दै पार्टीका सार्वभौम प्रतिनिधिहरूले आफ्नो प्रतिनिधि छान्ने भन्दै कहिलेकाहीँ कस्ता कस्ताले जितेको देखेको भन्दै त्यसलाई सहने र अर्को चुनाव कुरेर ठेगान लगाउने बाहेक विकल्प नभएको बताए।
मंसिर १४, २०८२ आइतबार १४:५१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।