नेपाली नागरिक हो हैन प्रमाणित गरिदिन सुधनले वडामा निवेदन दिए

नेपाली नागरिक हो हैन प्रमाणित गरिदिन सुधनले वडामा निवेदन दिए

काठमाडौँ : एमालेका नेताहरूबाट आफ्नो राष्ट्रियताबारे बारम्बार प्रश्न उठेपछि गोरखा पुगेका बेलामा जेनजी आन्दोलनको अगुवा बनेका हामी नेपालका अध्यक्ष सुधन गुरुङले आफू नेपाली नागरिक हो हैन प्रमाणित गरिदिन चुमनुब्री गाउँपालिका ३ का वडाध्यक्ष रामकुमार गुरुङलाई निवेदन दिए।

प्रारम्भमा उनी सिक्किमको भएको दाबीहरू सार्वजनिक भएका थिए। तर नाम मिलेको तर व्यक्ति फरक भएको खुलेको थियो। उनले आफ्नो नागरिकता समेत सार्वजनिक गरे। उनको वंशज नेपाली नै रहेको र सोही आधारमा उनले वंशजको आधारमा नेपाली नागरिकता पाएको पुष्टि भए पनि एमाले नेता महेश बस्नेत लगायतकाले निरन्तर उनको राष्ट्रियताबारे प्रश्न उठाउँदै आएका छन्।

अझैँ उनको नागरिकतामाथि प्रश्न उठिरहेपछि गोरखा गएका बेलामा उनले वडामा आफ्नो राष्ट्रियताबारे प्रमाणित गरिदिन निवेदन दिएका हुन्। प्रहरी अनुसन्धानमा समेत सुधनले वंशजको आधारमा नेपाली नागरिकता पाएको खुलिसकेको छ।

सुधनको हामी  नेपाल संस्था र फ्रि तिब्बत अभियानमा सक्रिय भारतीय संस्थाबीच औपचारिक रुपमा सहकार्य रहेको खुल्दा पनि यसबारे भने अहिलेसम्म कसैले अनुसन्धान शुरु गरेको छैन।

सुधनबारेका समाचार

मंसिर १४, २०८२ आइतबार १३:५९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।